Monday, October 12

समाज

तराईका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कोशी, मधेश, […]

पूरा पढ्नुहोस्

आज विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडौं, पुस १ विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ । विवाह महोत्सवका लागि शनिबार […]

पूरा पढ्नुहोस्

बिहानैदेखि तराईका थोरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, पुस १ नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति पनि पहाडी भूभागमा आंशिक बदली रही स्थानको मौसम सामान्यतया सफा रहनेछ। गण्डकीको […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्याँसको यथावत

काठमाडौं, मंसिर ३० नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले हिजो शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो । पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ । घटेको मूल्य हिजो शुक्रबार मध्यरातिदेखि लागु हुने छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा आज हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर ३० कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ। तराईको केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी […]

पूरा पढ्नुहोस्

पर्यटकीय नगरी सौराहामा हात्ती तथा पर्यटन महोत्सव २०८० हुने

चितवन, मंसिर २९  पर्यटकीय गन्तव्य सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० हुने भएको छ । चितवन हात्ती महोत्सवलाई रूपान्तरण गर्दै पुष १० देखि १४ गतेसम्म हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा  […]

पूरा पढ्नुहोस्

सहकारीले सिप मुलक तालिममा खर्च गर्नुपर्छः मन्त्री जोशी

चितवन, मंसिर २९ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताउनुभएको छ । गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीले कृषि संगको […]

पूरा पढ्नुहोस्

चितवन हिमाल डेन्टलको २० औं बार्षिकोत्सवको अवसरमा १५ दिने निशुल्क दन्त परीक्षण

चितवन, मंसिर २९ नारायणगढको शहीद चोकमा रहेको चितवन हिमाल डेन्टल प्रा.ली.ले सेवाको २० औं बार्षिकोत्सवको अवसरमा निशुल्क दन्त परीक्षण गर्ने भएको छ । डेन्टलले सेवाको २० औं बर्ष पार गरी २१ औं बर्ष प्रवेश गरेको अवसरमा यही आउंँदो पुष १ गतेदेखि डेन्टलकै परिषरमा शिविर गर्न लागेको हो । सो अवसरमा डेन्टलले दन्त सम्बन्धी सम्पुर्ण समस्या […]

पूरा पढ्नुहोस्

जिल्लामा बाल यौन दुव्यर्वहारको घटना बढ्दो : इन्सेक चितवन

चितवन, मंसिर २९ जिल्लामा बाल यौन दुव्यर्वहारका घटना बढ्दाे रहेकाे छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्यवहारका घटना ३४ वटा भएका छन् । जस मध्ये २ जना बालक र ३२ जना बालिका प्रभावित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  आयोजना गरेको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२३ को बार्षिक पूर्ब समिक्षा […]

पूरा पढ्नुहोस्

तराईका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, मंसिर २९ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी […]

पूरा पढ्नुहोस्