Monday, October 12

समाज

देशभरका बालबालिकालाई कार्तिक १७ र १८ गते “भिटामिन ए”खुवाइदै

काठमाडौं, कार्तिक ६  यो वर्षको राष्ट्रिय “भिटामिन ए” कार्यक्रम आगामी कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। मन्त्रालयले उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टी–२० क्रिकेट : आज नेपाल र यूएई खेल्दै

काठमाडौं, कार्तिक ६  त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको राष्ट्रपतिद्वारा दर्शन

काठमाडौं, कार्तिक ५ राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही […]

पूरा पढ्नुहोस्

प्रहरीमा इन्पेक्टर र असईमा जागिर खुल्यो

काठमाडौं, कार्तिक ५ नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुलेको छ। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ। प्रहरी निरीक्षक पदका […]

पूरा पढ्नुहोस्

आज बिहान धादिङ केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प

काठमाडौं, कार्तिक ५ धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]

पूरा पढ्नुहोस्

आज घर घरमा फूलपाती भित्र्याइँदै : बडा दसैँको सातौं दिन

काठमाडौं, कार्तिक ४ बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]

पूरा पढ्नुहोस्

आज नेपाल र जापानको खेल : एसीसी प्रिमियर

काठमाडौं, कार्तिक ४ एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायोमास ओभलमा खेल बिहान सुरु हुनेछ। नेपाली टोली समूह एु र जापान समूह डीको विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह बी र सिंगापुर समूह सी को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै […]

पूरा पढ्नुहोस्

इन्धन दिन सरकारी कर्मचारीलाई नयाँ निर्देशिका जारी

काठमाडौं, कार्तिक ३ सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारिले मासिक एक सय लिटर इन्धन पाउने छन् । यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, कार्तिक ३ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति देशको पहाडी भू–भागमा आंशिक […]

पूरा पढ्नुहोस्

गए राति बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

काठमाडौं, कार्तिक २ सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।   भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस […]

पूरा पढ्नुहोस्