Monday, October 12

समाज

दुर्गमका विमानस्थलमा जहाज उडानमा लगाएको रोक हट्यो

काठमाडौं, भाद्र १ नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्ने छ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा […]

पूरा पढ्नुहोस्

अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय पुग्यो

काठमाडौं, भाद्र १ सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । हिजो बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो । मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र १ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। शुक्रबार बिहान हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका […]

पूरा पढ्नुहोस्

खानी तथा भूगर्भ विभाग : खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौँ, साउन ३२  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण […]

पूरा पढ्नुहोस्

शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट

काठमाडौं, साउन ३२ शेयर बजारमा हिजो बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक २० अंकले ओरालो लागेर २ हजार २५ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार डेढ अर्ब हाराहारीमै खुम्चियो । जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बराबरको गिरावट आयो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको […]

पूरा पढ्नुहोस्

असोज पहिलो साता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा

काठमाडौं, साउन ३२  कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा […]

पूरा पढ्नुहोस्

एसिया छनोट तयारीका लागि मलेसियामा जाने नेपाली खेलाडीको बिदाइ : ट्वान्टी-२० महिला विश्वकप

काठमाडौं, साउन ३२ नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको हिजो बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को […]

पूरा पढ्नुहोस्

आजको मौसम : कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ३२ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। बिहीबार बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

लम्पीस्किन रोगको सङ्क्रमणले चितवनमा दूध उत्पादन घट्यो

चितवन, साउन ३१  जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा […]

पूरा पढ्नुहोस्

भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो

काठमाडौँ, साउन ३१ मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।” जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको […]

पूरा पढ्नुहोस्