Friday, October 9

समाज

तराई मधेसका जिल्लाहरुमा आज होली पर्व मनाइँदै

काठमाडौं ,फागुन २३ फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । यस पर्वको अवसरमा आज मधेसका […]

पूरा पढ्नुहोस्

हाेली पर्वकाे अवसरमा आज राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको शुभकामना

काठमाडौँ  , फागुन  २२ फागुपूर्णिमा अर्थात होली पर्व साेमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एक-आपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व साेमबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेकाे हाे । साेही पर्वका अवसरमा साेमबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले […]

पूरा पढ्नुहोस्

चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ आजदेखि सुरु

नवलपुर ,फागुन २१ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’  सुरु भएको छ । आजदेखि सुरु भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं यसै क्षेत्रका सङ्घीय सांसद प्राडा शशांक कोइरालाले उद्घाटन  गर्नुभएकाे छ  । मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने  […]

पूरा पढ्नुहोस्

दिउँसो ८ दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं ,फागुन २१ आज राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक  बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बोलाएको हो। बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने सहमति गरेका दलहरुले उम्मेदवारको नाम टुंगो लगाउने जनाइएको छ। […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन २१ गतेदेखी फागुन २७ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउन सक्ने, काम रोकिन सक्ने , खर्च बढ्न सक्ने रहेको छ। सोमबार बाट राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]

पूरा पढ्नुहोस्

भोलिदेखि चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ को तयारी पुरा

नवलपुर ,फागुन २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा आइतबारदेखि सुरु हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ को सम्पुर्ण तयारी पूरा भएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलिदेखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका […]

पूरा पढ्नुहोस्

हल्का वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं ,फागुन २० हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशका पहाडी भू–भागमा शनिबार हल्का पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागका थोरै स्थनामा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक […]

पूरा पढ्नुहोस्

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौँ, फागुन २० राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा […]

पूरा पढ्नुहोस्

मर्यादित र सुरक्षित तरिकाले होली मनाउनूस् : जिल्ला प्रहरी परिसर

काठमाडौं ,फागुन  १९ जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको […]

पूरा पढ्नुहोस्

नेपाली उत्पादनका जुत्ता चप्पल प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ सुरु

चितवन, फागुन १८ नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ हिजोदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन फुटवयर एक्स्पो’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् […]

पूरा पढ्नुहोस्