खेलकुद
एसीसी प्रिमियर कप : प्रिमियर कपको उपाधि युएईले जित्यो
काठमाडौँ, वैशाख १० युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो । युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले […]
पूरा पढ्नुहोस्
तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
काठमाडौँ, वैशाख ८ एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालको युएईसँग आज खेल्ने
काठमाडौँ, वैशाख ७ आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । नेपाल सेमिफाइनलमा आज परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने छ । बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
काठमाडौँ, वैशाख ६ एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले […]
पूरा पढ्नुहोस्
प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबिया खेल्दै
काठमाडौँ, वैशाख ५ एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ‘ए’ मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कपः भोलि नेपाल र साउदी अरेबिया खेल्दै
काठमाडौँ, वैशाख ४ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले भोलि साउदी अरेबियाको सामना गर्ने भएको छ । समूह ‘ए’ अन्तर्गतको नेपाल र साउदी अरेबियाबीचको खेल अल अमेरातमा नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुने तालिका रहेको छ । यस समूहअन्तर्गत नेपालले खेलेका अघिल्ला तीनवटै खेलमा जित हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपाल र हङकङ आज खेल्दै
काठमाडौँ, वैशाख ३ एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङ भने […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालद्वारा कतार ३२ रनले पराजित
काठमाडौँ, वैशाख २ नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित
काठमाडौँ, वैशाख १ नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
पूरा पढ्नुहोस्
आगामी असाेजमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियाेगिता हुने
चितवन, चैत ३० चितवनमा आगामी असाेजमा “प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१” हुने भएकाे छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि भरतपुर भ्रमण बर्षकाे अबसरमा उक्त प्रतियाेगिता आयाेजना गर्न लागेकाे जनाएकाे छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका […]
पूरा पढ्नुहोस्




