खेलकुद
एसीसी टी–२० प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्ने
काठमाडौं, चैत ३० आज देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै […]
पूरा पढ्नुहोस्
आइसिसी टी–२० विश्वकप खेल्ने क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौं, चैत २७ आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गर्नुभयो । नेपालको […]
पूरा पढ्नुहोस्
तेस्रो एक दिवसीय खेलमा नेपाल ए ले आयरल्याण्ड उल्भ्सँग आज खेल्दै
काठमाडौं, चैत २५ नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ। नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि […]
पूरा पढ्नुहोस्
दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को फराकिलो हार
काठमाडौं, चैत २४ नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ सँग फराकिलो हार ब्यहोरेको छ। शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो। नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। […]
पूरा पढ्नुहोस्
आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल
काठमाडौं, चैत २३ नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुने छ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि आयरल्याण्ड उल्भ्स सिरिजमा १-० ले अगाडि […]
पूरा पढ्नुहोस्
नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु
काठमाडौं, चैत २१ नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ । यसअघि भएको टी-२० सिरिज आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड उल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ‘ए’ले जितेको थियो । अब एकदिवसीय सिरिजको […]
पूरा पढ्नुहोस्
दोस्रो टी–२० क्रिकेट खेल : नेपाल आयरल्याण्ड ‘ए’सँग आज खेल्दै
काठमाडौँ, चैत १३ नेपाल र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।
पूरा पढ्नुहोस्
इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा चेन्नईको विजयी सुरुवात
काठमाडौँ, चैत १० सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको हो । […]
पूरा पढ्नुहोस्
इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु
काठमाडौँ, चैत ९ इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ। चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ […]
पूरा पढ्नुहोस्
साझा सङ्कल्प: क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गरिने
काठमाडौँ, चैत ७ सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ । त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका […]
पूरा पढ्नुहोस्




