Friday, October 9

खेलकुद

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ, साउन ४ आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट […]

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ टिम्स कप : नेपाल तीन विकेटले विजयी

काठमाडौं, साउन ४ एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ […]

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ कप : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, साउन ३ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बुधबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) ‘ए’बीच प्रतिस्पर्धा हुँदै छ । खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली […]

पूरा पढ्नुहोस्

आज एनभीए भलिबल लिगको फाइनल खेल

काठमाडौं, असार ३० राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि पुरुषतर्फ शनिबार दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् । यस्तै, महिलातर्फ उपाधिको लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

पूरा पढ्नुहोस्

आज नेपाली राष्ट्रिय महिला टोली बंगलादेश जाँदै

काठमाडौं, असार २६ नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ। बंगलादेशविरुद्धको दुई मैत्रिपूर्ण खेलका नेपाल आज बंगलादेश जान लागेको हो। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो। पहिलो मैत्रिपूर्ण बिहीबार र दोस्रो खेल आइतबार हुनेछ। दुवै खेल ढाकामा हुनेछन्।

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं, असार २६ श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ, क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

पूरा पढ्नुहोस्

युएईमाथि नेपालको जित : क्रिकेट छनोट प्ले अफ

काठमाडौँ, असार १८ आइसिसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत हिजो प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हिजो भएको प्ले अफ सेमिफाइनलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो । दश टोली सम्मिलित आइसिसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ […]

पूरा पढ्नुहोस्

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा : एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट

काठमाडौँ, असार १५ मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो […]

पूरा पढ्नुहोस्

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं, असार १४ भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको समुह चरणको अन्तिम खेलमा लेबनान र बंगलादेश विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । बुधबार लेबनानले माल्दिभ्सलाई १–० ले हराउँदा बंगलादेशले भुटानमाथि ३–१ को जित निकाल्यो । समुहमा तिन खेलबाट लेबनानले ९ अंक जोड्यो भने ६ अंकसहित बंगलादेश दोस्रो […]

पूरा पढ्नुहोस्

आईसीसी विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं, असार ९ आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ भने नेपालको समूह चरणको […]

पूरा पढ्नुहोस्