Thursday, October 15

Author: Sarbatra Khabar

नगरवासीहरुको वडामा समान योजना कार्यान्वयनको माग : खैरहनीको सार्वजनिक सुनुवाइ

चितवन, असार ३० चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो शुक्रबार सम्पन्न गरेको छ । तेस्रो चौमासिकको कार्यक्रममा नगरवासीहरुले रासायनिक मलको सहज उपलब्धता, वडामा समान विकास, टोल विकास संस्थालाई जिम्मेवार बनाउनुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने, विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने, दोहोरो राजस्व तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, ठेलाजन्य व्यवसायलाई करको […]

पूरा पढ्नुहोस्

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं, असार ३० बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि  खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न […]

पूरा पढ्नुहोस्

आज एनभीए भलिबल लिगको फाइनल खेल

काठमाडौं, असार ३० राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि पुरुषतर्फ शनिबार दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् । यस्तै, महिलातर्फ उपाधिको लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

पूरा पढ्नुहोस्

आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, असार ३० नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठक पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा सांगठानिक संरचना,केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा समसामयिक राजनीतिक विकासक्रम लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

पूरा पढ्नुहोस्

चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरब : महाप्रबन्धक हरि कार्की ‘लक्की’

चितवन, असार ३० चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका […]

पूरा पढ्नुहोस्

दलित समुदायका व्यक्तिलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्छ : सांसद शाही

काठमाडौं, असार २९  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्ने बताउनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने धारणा राख्नुभयो ।

पूरा पढ्नुहोस्

नगरबासीहरुलाई दिने सेवालाई सहज र पारदर्शी बनाउन सुझाव : कालिकाको सार्वजनिक सुनुवाई

चितवन, असार २९   चितवनको कालिका नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई हिजो बिहीवार सम्पन्न गरेको छ । उपभोक्तालाई दिने सेवालाई सहज र पारदर्शी बनाउन कालिका नगरपालिकालाई स्थानीय नगरबासीहरुले सुझाव दिनुभएको थियो ।  कालिका नगरपालिकाले वडा न.३ को परिसरमा  आयोजना गरेको तेश्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिनुभएको […]

पूरा पढ्नुहोस्

राज्यलाई सचेत गराउनु पर्ने : अध्यक्ष ओली

काठमाडौं, असार २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनुभयो । अध्यक्ष ओलीले […]

पूरा पढ्नुहोस्

आगामी साउन १० गते गुरुकुल कलेजको वेलकम कार्यक्रममा गायक प्रमोद खरेल आउने

भरतपुर, असार २९ आगामी साउन १० गते गुरुकुल कलेजले नब आगन्तुक विद्यार्थीहरुका लागि वेलकम कार्यक्रमको आयोजना गर्ने भएको छ । गुरुकुल कलेजको २९ औं ब्याचका विद्यार्थीहरुलाइ स्वागत गर्नका लागि  कार्यक्रम राखिएको हो। कार्यक्रम संयोजक हरिहर भुसालका अनुसार उक्त दिन कार्यक्रममा प्रस्तुतिका लागि गायक प्रमोद खरेल आउँनु हुने छ । यस अघि पनि गुरुकुल कलेजले विद्यार्थीहरुलाइ […]

पूरा पढ्नुहोस्

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार २९ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा पनि भइरहेको छ। दिउँसो देशभर […]

पूरा पढ्नुहोस्