आर्थिक
आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न काठमाडौंमा नगर प्रहरी परिचालन
काठमाडौं, मंसिर २८ काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ। काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौं, मंसिर २७ काठमाडौं महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लागेको छ। महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार बुधबारदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ । चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा […]
पूरा पढ्नुहोस्
नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने : मन्त्री जोशी
भरतपुर, मंसिर २३ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने बताउनुभएको छ । आज शनिबार भरतपुरमा रहेको चितवन जिल्ला बचत तथा सहकारी संघ लिमिटेडको २४ औं वार्षिक साधारण सभा उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री जोशीले यस्तो बताउनुभएको हो । सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिम, […]
पूरा पढ्नुहोस्
रेमिट्यान्स ३० प्रतिशतले बढ्यो : नेपाल राष्ट्र बैंक
काठमाडौं, मंसिर २२ नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ । चालु […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, मंसिर २१ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। […]
पूरा पढ्नुहोस्
आज विश्व माटो दिवस मनाइँदै
काठमाडौं, मंसिर १९ डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ । ‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यही मंसिर १६ गतेदेखि नै […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
चितवन, मंसिर १६ भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कातिक) सम्ममा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर २२ पटिहानी स्थित अम्ब्रेलन स्ट्रिटमा सम्पन्न भएको छ। सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । […]
पूरा पढ्नुहोस्
अध्यादेश ल्याएरै भए पनि भूमिहीनलाई जग्गा दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
चितवन, मंसिर १६ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
दुईवटा गैंडा मारेको आरोपमा खागसहित ८ जना पक्राउ
चितवन, मंसिर १५ चितवन राष्ट्रिय निकुञ्जमा दुई हप्ता अगाडि दुईवटा गैँडा मारेको आरोपमा पक्राउ परेका आठ जना आरोपीलाई चितवन राष्ट्रिय निकुञ्जले हिजो बिहीवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आरोपीमध्ये ६ जनालाई मङ्सिर ९ गते तथा दुई जनालाई मङ्सिर ११ गते चितवनको राप्ती नगरपालिकाबाट […]
पूरा पढ्नुहोस्
डिजेल र पेट्रोलको मूल्य घट्यो
काठमाडौं, मंसिर १५ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । गएराति देखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल-मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्




