आर्थिक
चितवन महोत्सव-२०७९ : अपेक्षित कारोबार भएको दाबी
चितवन,माघ ५ गत महिना पुष २५ देखि नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को हिजो (बुधबार) समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले हिजो महोत्सवको समापन गर्नुभएको हो । महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य आज घट्यो
काठमाडौं ,माघ ४ आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रूपैयाँले घटेर एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची
काठमाडौँ ,माघ २ भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ […]
पूरा पढ्नुहोस्
थारु समुदायको उत्थान, विकासका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने
चितवन ,पुस २९ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा हिजोदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु […]
पूरा पढ्नुहोस्
ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय
काठमाडौँ, पुस २८ आगामी माघदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् ।नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका […]
पूरा पढ्नुहोस्
वर्षकै उच्च रेर्कड कायम सुनको मूल्यमा
काठमाडौं, पुस १९ मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, पुस १८ पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव […]
पूरा पढ्नुहोस्
इन्धनको मूल्य भारतबाट बढेर आए पनि नबढाइएने
काठमाडौँ, पुस १८ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ […]
पूरा पढ्नुहोस्
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ, पुष १२ नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]
पूरा पढ्नुहोस्




