Saturday, October 10

राजनीति

सुवास नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार

काठमाडौं ,फागुन १३ नेकपा एमालेले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी  दिनुभयो । आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक आज बिहान बस्दै

काठमाडौं ,फागुन १३ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आज  बिहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको हो। राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आज शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।

पूरा पढ्नुहोस्

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं ,फागुन १३ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन  बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज शनिवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टु‌गो लगाउन […]

पूरा पढ्नुहोस्

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै : निर्वाचन आयोग

काठमाडौं ,फागुन १३ आज (शनिवार)  राष्ट्रपति निर्वाचनका लागि  मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको […]

पूरा पढ्नुहोस्

वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्‍ने

काठमाडौं ,फागुन १२ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार  बन्नुहुने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने बताउनुभयो ।  उहाँले  आज साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने  […]

पूरा पढ्नुहोस्

शनिबार बाहेकका बिदामा सरकारी कार्यालय खोल्ने तयारी

काठमाडाैं , फागुन १२ सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाकाे बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले  बताउनुभयो  ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको आज बैठक

काठमाडौं ,फागुन १२ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक  बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।

पूरा पढ्नुहोस्

केपी ओली कप प्रतियोगिता आजबाट सुरु

ललितपुर ,फागुन ११ केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

  काठमाडौं ,फागुन ११  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका […]

पूरा पढ्नुहोस्

खराब नियतले काम गर्ने लघुवित्त संस्थालाई तत्काल कारबाही गर्नुपर्छ : सांसद गगन थापा

काठमाडौं ,फागुन १० बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले  माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत […]

पूरा पढ्नुहोस्