राजनीति
आज कांग्रेस नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बस्दै
काठमाडौं ,माघ २१ आज नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो । बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय […]
पूरा पढ्नुहोस्प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने : अध्यक्ष ओली
दमक ,माघ २१ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा ओलीले यस्तो बताउनुभएको हो । अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु […]
पूरा पढ्नुहोस्
कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन : नेता कार्की
काठमाडौं ,माघ २० नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गर्नुभएको छ । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताउनुभयो । […]
पूरा पढ्नुहोस्
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं ,माघ २० आज पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेछ । यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गर्नुभएको थियो । बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने
काठमाडौं ,माघ १९ तत्काल सरकार नछाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेकाे छ । पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको चार घण्टा बसेको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको हो । यस्तै सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय पनि राष्ट्रिय स्वतन्त्र पार्टीले हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका […]
पूरा पढ्नुहोस्
रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौं ,माघ १९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले […]
पूरा पढ्नुहोस्
नेपाललाई भारतले साढे ५ अर्ब भारू अनुदान दिने
काठमाडौं, माघ १९ नेपाललाई दिने अनुदान भारतले घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले हिजो (बुधबार) आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो। […]
पूरा पढ्नुहोस्
राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आज सदनमा पेस
काठमाडौं ,माघ १८ प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८÷०७९)’ पेस गरिएको छ। आज प्रतिनिधिसभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्नुपर्ने हुन्छ। अर्को बैठक माघ २२ गते […]
पूरा पढ्नुहोस्
सदनलाई रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी
काठमाडौं ,माघ १८ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त रहेको सदनलाई जानकारी गराइएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलासँगै लामिछानेको सांसद पद रिक्त रहेको सदनमा जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको थियो। कामु प्रधानन्यायाधीश […]
पूरा पढ्नुहोस्
दिउँसो आज संसद बैठक बस्दै
काठमाडौं ,माघ १८ आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव. २०७८र ०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुखले नेपालको संविधानको […]
पूरा पढ्नुहोस्




