Saturday, October 10

राजनीति

कांग्रेस नेता कोइराला : चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ

चितवन , माघ २४ चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताउनुभएको हो । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद […]

पूरा पढ्नुहोस्

नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालद्वारा पदभार ग्रहण

काठमाडौँ ,माघ २४ राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । संघीय संसद् सचिवालय सिंहदरवारमा पदभार ग्रहण गर्दै उहाँले संघीय संसदमा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । यसअघि राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा आजै नवनिर्वाचित उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

पूरा पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं ,माघ २४ नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ ।

पूरा पढ्नुहोस्

प्रभावकारी बनाउन भुमिका खेल्छु : नवनिर्वाचित उपाध्यक्ष अर्याल

काठमाडौं ,माघ २३ नवनिर्वाचित  उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास […]

पूरा पढ्नुहोस्

तीनवटा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं ,माघ २३ राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। यही माघ २७ गते शुक्रबार राष्ट्रियसभाको अर्को बैठक अपरान्ह ५ बजेका लागि बोलाइएको छ।

पूरा पढ्नुहोस्

स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् : कांग्रेस नेता कोइराला

चितवन, माघ २३ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य नहुने  बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले  स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन हुँदै

काठमाडौं ,माघ २३ आज साेमबार राष्ट्रिय सभाको बैठक  बस्ने भएकाे छ । बैठक आज मध्याह्न १२ बजे बस्ने भएकाे हाे । राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन आज हुने भएकाे छ । बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव […]

पूरा पढ्नुहोस्

आज मन्त्रिपरिषदकाे बैठक बस्दै

काठमाडौं ,माघ २३ आज साेमबार मन्त्रिपरिषदकाे बैठक  बस्ने भएकाे छ । बैठक साेमबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हाे । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन कायमै राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि मन्त्रिपरिषदकाे बैठक बस्न लागेकाे हाे ।

पूरा पढ्नुहोस्

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने

काठमाडौं ,माघ २२ नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । सो बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख […]

पूरा पढ्नुहोस्

विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

काठमाडौं , माघ २१ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति […]

पूरा पढ्नुहोस्