राजनीति
आज मतदान : एमाले बागमती प्रदेश अधिवेशन
काठमाडौं, असोज १२ नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहानबाट मतदान हुँदैछ । मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ । गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान […]
पूरा पढ्नुहोस्
कर्णालीको गरिबी हटाउनु अहिलेको ठुलो चुनौती : मुख्यमन्त्री शर्मा
काठमाडौं, असोज ११ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठुलो चुनौती रहेको बताउनुभयो । “हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, […]
पूरा पढ्नुहोस्
आजदेखि जसपाले विधान अभिमुखीकरण गर्दै
काठमाडौं, असोज ७ जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अभिमुखीकरण […]
पूरा पढ्नुहोस्
राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको : अध्यक्ष नेपाल
काठमाडौं, असोज ६ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको बताउनुभएको छ । समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै नेपालले आर्थिक र सांस्कृतिक रूपान्तरणविना देश विकास नहुने बताउनुभयो । ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रूपान्तरण विना देशले विकास […]
पूरा पढ्नुहोस्
आजदेखि प्रधानमन्त्री प्रचण्डले चीनको औपचारिक भ्रमण गर्नुहुँदै
काठमाडौं, असोज ६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लाग्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श केन्द्रहरुलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौ : श्रममन्त्री भण्डारी
काठमाडौं, असोज ४ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीको लागि व्यक्तिगत […]
पूरा पढ्नुहोस्
आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, असोज ४ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गरि बैठक आजका लागि सार्नुभएको हो ।
पूरा पढ्नुहोस्
संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, असोज ३ आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार […]
पूरा पढ्नुहोस्
नेपालको संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा
काठमाडौँ, असोज ३ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक […]
पूरा पढ्नुहोस्
आगामी बिहिवार कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बस्ने
काठमाडौं, असोज २ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ । विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाक्नुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाउनु भएको […]
पूरा पढ्नुहोस्




