वाग्मती
राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै
काठमाडौं ,फागुन २ आज मंगलबार राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे हाे । बैठकमा विभिन्न प्रतिवेदन, बाधा अड्काउ फुकाउ आदेश र शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।
पूरा पढ्नुहोस्
अनेरास्ववियुको २३औँ महाधिवेशन आजबाट सुरु
काठमाडौं ,फागुन २ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुने भएको छ। आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गनुहुने छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व […]
पूरा पढ्नुहोस्
देशभर आज मौसम सामान्यतया सफा
काठमाडौं ,फागुन २ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती पनि देशभर मौसम सामान्यतया सफा रहने छ । देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन। तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा […]
पूरा पढ्नुहोस्
तत्काल सरकारमा नजाने निर्णय : राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं ,फागुन १ तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । आज सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा […]
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्षको सात महिनामा ३७ प्रतिशत बजेट खर्च
काठमाडाैं ,फागुन १ चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ […]
पूरा पढ्नुहोस्
विश्व रेडियो दिवस आज मनाइँदै
काठमण्डौं, फागुन १ विश्व रेडियो दिवस, आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो […]
पूरा पढ्नुहोस्
‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स
चितवन , फागुन १ ‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको […]
पूरा पढ्नुहोस्
सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू :नेपाल राष्ट्र बैंक
काठमाडौं ,फागुन १ आज सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। आज बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि […]
पूरा पढ्नुहोस्
ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको शैक्षिक मेला आज सम्पन्न (फोटोफिचर)
चितवन ,माघ २९ ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको बृहत शैक्षिक मेला २०२३ आज (आईतबार) सम्पन्न भएको छ । कर्नर चितवनको भवन कमलनगर चोक ,नारायणगढमा भएको ‘ शैक्षिक मेला २०२३ ’मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शैक्षिक मेला कार्यक्रम विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म चलेको थियो । कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा […]
पूरा पढ्नुहोस्
आगामी वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने
चितवन ,माघ २९ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि […]
पूरा पढ्नुहोस्




