Wednesday, October 14

समाज

चितवनमा भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित साइकल र्‍याली हुँदै

चितवन, फागुन १६ भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित गर्दै चितवनमा साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा साइकल र्याली गर्न लागिएको छ । भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल र्‍याली निकालिने भएको हो । ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल र्‍याली निकालिन लागिएको हो । […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन १६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, फागुन १५  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १४ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

भरतपुरमा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम

चितवन, फागुन १३  चितवनको भरतपुरमा स्रोत शिक्षक तथा घरमा आधारित शिक्षा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा समावेशी शिक्षा परियोजना अन्तरगत हिजो र आज तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको हो । महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका शिक्षा शाखा […]

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष मूल समारोह समिति बैठक : उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य

चितवन, फागुन १३ भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु […]

पूरा पढ्नुहोस्

नेपाल ल्युब आयल लिमिटेड (गल्फ)को चितवनमा रिटेलर एण्ड पिजिएम मिट कार्यक्रम

चितवन, फागुन १३ नेपाल ल्युब आयल लिमिटेड (गल्फ)ले चितवनमा  खुद्रा विक्रेता (रिटेलर) र प्राइभेट ग्यारेज मेकानिक्स बीच भेटघाट तथा अन्तरक्रिया गरेको छ । गल्फ लुब्रिकेन्ट्सको नयाँ उत्पादन, स्किम र भावी योजनाको बारेमा विक्रेता र मेकानिक्ससँग अन्तरक्रिया गरिएको हो । नेपाल ल्युब आयलको आधिकारीक डिलर आशिर्वाद अटो ट्रेडिङका सञ्चालक एवम् नाडा बागमती प्रदेश प्रमुख सुवास कँडेलको […]

पूरा पढ्नुहोस्

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, फागुन १३ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च […]

पूरा पढ्नुहोस्

शुक्रबार सुनकाे भाउ स्थिर

काठमाडौँ, फागुन १२ नेपाली बजारमा हिजो शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । यसअघि बिहीबार पनि […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, फागुन १२ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का […]

पूरा पढ्नुहोस्