Tuesday, October 13

समाज

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं, पुस २७ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउनु नहुने बताउनुभएको हो । अध्यक्ष शर्माले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै […]

पूरा पढ्नुहोस्

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाडौं, पुस २७ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी […]

पूरा पढ्नुहोस्

तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २६ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने कोशी र […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस २५ कोशी र गण्डकी प्रदेशको पहाडी भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा […]

पूरा पढ्नुहोस्

देशका केही भू–भागमा आज हिमपातको सम्भावना

काठमाडौं, पुस २४ देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा

चितवन, पुस २३ भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा समपन्न भएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधन लगायतका प्रस्ताव सहित अधिवेशन समपन्न भएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजना मध्ये सडक, […]

पूरा पढ्नुहोस्

तराईका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २३ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

चितवनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ मा हुँदै

चितवन, पुस २२ नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा महाधिवेशनको तयारी पुरा भएको  संघले जनाएको छ । महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशमा सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा प्रदान गर्ने

चितवन, पुस २२ बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा दिने भएको छ । बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि २०८० […]

पूरा पढ्नुहोस्

श्री चमेली देवी पिया माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

चितवन, पुस २२ श्री चमेली देवी पिया माध्यमिक विद्यालय भरतपुर -३ को ३५ औं वार्षिक उत्सव एबं अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछानेको अध्यक्षता एबं भरतपुर महानगर पालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता मा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख […]

पूरा पढ्नुहोस्