Friday, October 9

समाज

आज पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं ,माघ २५ आज  (बुधबार) प्रदेश १, बागमती, गण्डकी र कर्णालीका क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ। साथै प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ […]

पूरा पढ्नुहोस्

माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुँदै

चितवन ,माघ २३ चितवनको माडी नगरपालिकामा नेपाल एथलेटिक्स संघ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’  हुने भएको छ । फागुन ११ गते देखि १३ गते सम्म माडी नगरपालिकाको बसन्तपुर खेल मैदानमा हुने छ । चितवन जिल्ला एथलेटिक्स संघले हिजो (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो […]

पूरा पढ्नुहोस्

नारायणी लिफ्ट सिंचाई जल उपभोक्ता मुल समितिको २३औ साधारण सभा सम्पन्न (फोटोफिचर)

प्रदिप परियार चितवन , माघ २२ नारायणी लिफ्ट सिंचाई जल उपभोक्ता मुल समिति चितवनको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । “सिंचाई उन्नत कृृषिको मुल आधार हो ” भन्ने नाराका साथ भरतपुर १० चितवनको नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन  कार्यालयको प्राङ्गगढमा हिजो (शनिबार) कार्यक्रम गरिएको हो । कार्यक्रममा समितिका सभासद लेखा संयोजक शंकर […]

पूरा पढ्नुहोस्

फागुन १८ देखि राप्तीमा दाेस्राे गड्याैली महोत्सव हुँदै

चितवन , माघ २१ स्थानीय व्यापार र व्यवसायको प्रर्वद्धन ,स्थानीय कला सस्कृती र पहिचानको लागि आउदो फागुनमा राप्ती २ मा दोस्रो गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रा.लिको आयोजनामा बुद्वशान्ति क्याम्पसको मैदानमा फागुन १८ गतेदेखि २८ गते सम्म महोत्सव हुन लागेको हो । ११ दिन सम्म चल्ने महोत्सव करिव १ लाख भन्दा बढी […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ २२ गतेदेखी २८ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् ।  ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने […]

पूरा पढ्नुहोस्

सौराहामा प्रणय दिवसको अवसरमा माघ २९ देखि फुड फेस्टिबल हुने

चितवन,माघ २१ चितवनको  पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर फुड फेस्टिबल २०७९ हुने भएको छ । हिजो (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न  लागेको जानकारी दिएको हो । महोत्सव माघ २९ गतेदेखि फागुन २ […]

पूरा पढ्नुहोस्

आज पहाडी भूभागमा  आंशिक बदली

काठमाडौं ,माघ २० आज शुक्रबार देशका पहाडी भूभागमा  आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ। आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ। मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवनको ६३औं स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण

चितवन , माघ १९ उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६३ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष  चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि […]

पूरा पढ्नुहोस्

धेरै ठाउँमा मौसम आज बिहानैदेखि सफा

काठमाडौं ,माघ १९ आज (बिहीबार) देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ। काठमाडौं उपत्यकासहित धेरै ठाउँमा मौसम बिहानैदेखि सफा रहेको मौसमविद् प्रतिभा मानन्धर ले जानकारी दिनुभयो ।बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू–भागका […]

पूरा पढ्नुहोस्

दाङका उद्यमी व्यवसायीलाई कार्यक्रम गरी चितवनमा स्वागत

चितवन, माघ १८ उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले एक कार्यक्रम गरी  हिजो (मंगलवार) स्वागत गरेको हो । स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले  उहाँहरुलाई स्वागत गर्दै […]

पूरा पढ्नुहोस्