समाज
दुई महिने एडभान्स प्याट्रन सिलाई कटाई तालिम सम्पन्न
चितवन , माघ १७ हिजो (सोमबार) विशेष समारोह बीच दुई महिने एडभान्स प्याट्रन सिलाइ कटाई तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषाल प्रमुख अतिथी, विशिष्ट अतिथीमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठ , विशिष्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का […]
पूरा पढ्नुहोस्
१५ दिने बृहद् श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्यासंरक्षण महायज्ञ महोत्सव २०७९ हुँदै
चितवन, माघ १६ चितवन भरतपुरको लङ्कुमा श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्यासंरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ । श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) को संचालन र विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ महायज्ञ गर्न लागिएको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दे महायज्ञको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । मिडिया विभाग प्रमुख माधव सापकोटाले माघ २१ […]
पूरा पढ्नुहोस्
ग्लोबल रिचको चितवन बृहत सेमीनारमा उत्साहजनक सहभागिता (फोटोफिचर)
चितवन ,माघ १६ विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको अष्ट्रेलियाका लागि ग्लोबल रिच चितवनले भरतपुरमा वृहत सेमीनार सम्पन्न गरेको छ । हिजो (आईतबार) भरतपुर–१०, स्थित गार्डेन रिसोर्टमा गरिएको सेमीनारमा करिव ४५० जना विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुले अष्ट्रेलियाबाट आएका १५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिएको ग्लोबल रिच चितवनका निर्देशक शुरेस पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्देशका केही स्थानमा आज हल्का पानी पर्नसक्ने
काठमाडौं , माघ १६ जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार सुदूरपश्चिमका थोरै र कर्णालीका एक दुई स्थानमा हल्का पानी पर्नसक्ने सम्भावना देखिएको हो। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको हिमाली भागमा हल्का हिमपात हुने सम्भावना छ। अन्य स्थानमा भने आज दिन भर मौसम आंशिक देखि सामान्य […]
पूरा पढ्नुहोस्
खेलकुद क्षेत्रको विकासमा पनि सेन्ट्रल कलेज
चितवन , माघ १५ चितवनमा केन्द्रिय कार्यालय रहेर उच्च शिक्षाका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. ले खेलकुदको विकासमा एन्फा र विभिन्न क्लबहरुसंग सहकार्यले खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याएको छ । कलेजले चितवन, नवलपुरसहित विभिन्न जिल्लाका एन्फा र क्लबहरुसंग निरन्तर सहकार्य गर्दै […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ १५ गतेदेखी २१ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता […]
पूरा पढ्नुहोस्
पहाडी भूभागमा आंशिक बदली : मौसम पूर्वानुमान विभाग
काठमाडौं ,माघ १३ आज देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान विभागले शुक्रबार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अनुमान गरेको छ। मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशमा मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन। अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने अनुमान छ। हाल देशमा पश्चिमी न्यूनचापीय […]
पूरा पढ्नुहोस्
निशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न (फोटोफिचर)
प्रदिप परियार चितवन, माघ १२ भरतपुर महानगरपालिका ११ मा रहेको लोटस एकेडेमी भरतपुर को प्राङगढमा आज (बिहिबार) निशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । आज यस पर्व ‘श्रीपञ्चमी’ का दिन पारेर गरिएको कार्यक्रम को आयोजक मनकामना अस्पताल प्रा.लि. र लोटस एकेडेमी भरतपुर रहेको मनकामना अस्पताल प्रा.लि. का अध्यक्ष डा शंकर ढकाल ले […]
पूरा पढ्नुहोस्
देशैभर आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
चितवन , माघ १२ आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई ‘श्रीपञ्चमी’ पनि भन्ने गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, […]
पूरा पढ्नुहोस्
राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न
काठमाडौँ ,माघ ११ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव समारोह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हिजो (मंगलबार) एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने , […]
पूरा पढ्नुहोस्




