समाचार
नेपाली महिला टोलीले आज हङककङसँग खेल्दै
काठमाडौं, भाद्र ५ चार देशीय टी–ट्वान्टी आई शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ। मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ। आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ। आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको […]
पूरा पढ्नुहोस्
आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्ने
काठमाडौं, भाद्र ५ राष्ट्रियसभाको बैठक मंगलबार बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छ।
पूरा पढ्नुहोस्
संसद् अवरोध हटाउने सहमति : राष्ट्रिय दलहरुको बैठक
काठमाडौँ, भाद्र ५ सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ । आजसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी स्थानमा मध्यमदेखि भारी वर्षा
काठमाडौं, भाद्र ५ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही […]
पूरा पढ्नुहोस्
भुटानमा हुने साफ यू–१६ का लागि नेपाली टोलीको घोषणा
ललितपुर, भाद्र ४ भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सो प्रतियोगिताका लागि यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीमा ३ जना गोलरक्षक, ८/८ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ४ जना अग्रपंक्तिका खेलाडी रहेका छन्। प्रतियोगिता आगामी भदौ १५ गतेदेखि २४ गतेसम्म भुटानको […]
पूरा पढ्नुहोस्
नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ, भाद्र ४ नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीको आह्वानमा आज पनि सर्वदलीय बैठक बस्दै
काठमाडौं, भाद्र ४ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाइएको सर्वदलीय बैठक आज पनि बस्दैछ। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक आज पनि बस्न लागेको हो। आइतबार भएको छलफलमा विभिन्न विकल्पका बारेमा कुराकानी भएपनि सहमति हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजेका लागि […]
पूरा पढ्नुहोस्
५ सदस्यीय टोलीसहित अर्थमन्त्री महत क्यानडा प्रस्थान
काठमाडौं, भाद्र ४ अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा प्रस्थान गर्नुभएको हो । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं, भाद्र ४ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि शितल निवासमा बोलाउनुभएको हो ।
पूरा पढ्नुहोस्
नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो
काठमाडौँ, भाद्र ३ यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय […]
पूरा पढ्नुहोस्




