समाज
सामाजिक सञ्जाल ‘टिकटक’ नेपालमा बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, कार्तिक २७ सरकारले नेपालमा चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने […]
पूरा पढ्नुहोस्
आईसीसी विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायमै
काठमाडौं, कार्तिक २७ आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ। बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो।
पूरा पढ्नुहोस्
तिहारको तेस्रो दिन : आज गाईको पूजा गरी मनाइँदै
काठमाडौं, कार्तिक २७ आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो । गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोषिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक २६ देशको पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। आइतबार कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली […]
पूरा पढ्नुहोस्
तिहारको आज दोश्रो दिन : लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
काठमाडौं, कार्तिक २६ आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी […]
पूरा पढ्नुहोस्
शुक्रबार बढ्यो सुनको मूल्य
काठमाडौं, कार्तिक २५ नेपाली बजारमा हिजो शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन तोलामा […]
पूरा पढ्नुहोस्
खुल्यो एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम
काठमाडौं, कार्तिक २५ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]
पूरा पढ्नुहोस्
दोस्रो ठूलो चाड तिहार अन्तर्गत, आज काग तिहार
काठमाडौं, कार्तिक २५ हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ ।
पूरा पढ्नुहोस्
आंशिकदेखि सामान्य बदली भइरहेको : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक २५ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। रातिको समयमा […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि झन्डै ४ सय कर्मचारी (सूचनासहित)
काठमाडौं, कार्तिक २४ नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ। आज (शुक्रबार) सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो। प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]
पूरा पढ्नुहोस्




