खेलकुद
यु–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित
काठमाडौं, माघ ११ नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरका पाँच विकेटको क्षतिमा २०५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
पूरा पढ्नुहोस्
यु-१९ विश्वकप क्रिकेटः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, माघ १० दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : बागमती र कोशीबीच आज खेल
काठमाडौं, माघ ५ प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ। यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
काठमाडौं, माघ २ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ : १५ बजे सुरु हुने […]
पूरा पढ्नुहोस्
खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री दाहाल
काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रवार काठमाडौँमा आयोजित नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित ‘‘चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। कार्यक्रममा […]
पूरा पढ्नुहोस्
पीएम कप महिला टी-२० कपको उपाधि एपीएफलाई
काठमाडौं, पुस १९ प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै
काठमाडौं, पुस १८ प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन्। अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप महिला क्रिकेट : आज कोशी र सुदूरपश्चिम भिड्दै
काठमाडौं, पुस १६ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सोमबार दोस्रो क्वालिफायर खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। कोशी पहिलो क्वालिफायर खेलमा एपीएफसँग पराजित भएको थियो। सुदूरपश्चिमले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो। यी दुवै टोली फाइनल प्रवेशका लागि […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ छैटौँ जितसहित क्वालिफायरमा
काठमाडौं, पुस १३ विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ खेल जित्दै क्वालिफायरमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो। जितसँगै ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने सुनिश्चित गरेको छ।
पूरा पढ्नुहोस्
सत्यनारायणबहादुर स्मृति मिडिया फुटसलको उपाधी चितवनलाइ
काठमाडौं, पुस १० नेवाः पत्रकार राष्ट्रिय दबु [एनएफएनजे]ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर [एभिएम] विद्यालयस्थित फुट्सल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ को गोलअन्तरमा पराजित गरेको हो । चितवन […]
पूरा पढ्नुहोस्




