समाज
चितवनको भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दिक्षित
चितवन, फागुन ६ चितवनको भरतपुर महानगरपालिकामा महानगर प्रहरी आधारभूत तालिम दिक्षान्त समारोह २०८० कार्यक्रम सम्पन्न भएको छ । छ हप्ता लामो तालिम पुरा गरेपछि आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरप्रमुख रेनु दाहालले उनीहरुलाई दिक्षित गरि कार्यक्रम सम्पन्न भएको हो । समारोहमा भरतपुर महानगरपालिकामा नियुक्त भएका २८ जना नगरप्रहरी दिक्षित भएका छन् । दिक्षान्त […]
पूरा पढ्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, फागुन ६ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
गौतम बुद्धको मार्गदर्शन सबैले अनुसरण गर्नुपर्ने : पूर्वमन्त्री पाण्डे
चितवन, फागुन ५ राप्रपाका वरिष्ठ केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का सांसद तथा पूर्वमन्त्री बिक्रम पाण्डेले शान्तिका अग्रदुत गौतम बुद्धको मार्गदर्शनको सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले आयोजना गरेको कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री पाण्डेले […]
पूरा पढ्नुहोस्
यात्रा र युनिक निलो गणेशबहादुर स्मृति फुटबलको सेमिफाइनलमा
चितवन, फागुन ५ छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो (शुक्रबार) दुई खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । हिजो सम्पन्न तेस्रो र चौथो क्वाटरफाइनल खेलमा जित हात पार्दै यात्रा ग्रुप र आयोजक युनिक एफसी निलो सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा यात्राले […]
पूरा पढ्नुहोस्
स्वस्तिक नेपाल भरतपुरको १८ औं स्थापना दिवस एबं बार्षिक साधारसभा सम्पन्न
चितवन, फागुन ५ स्वस्तिक नेपाल भरतपुरको १८ औं स्थापना दिवस एबं बार्षिक साधारण सभा गत बिहीबार भरतपुरमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष नारायण कँडेल को अध्यक्षतामा मा सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा सदस्यहरु बिच शुभ कामना आदानप्रदान गर्दै कार्यक्रमा संस्थाको दीर्घकालीन योजना सहित स्थापित शैक्षिक छात्रवृत्ति अक्षय कोष […]
पूरा पढ्नुहोस्
आज यी दुई प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, फागुन ५ देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य […]
पूरा पढ्नुहोस्
भोलिदेखि पञ्चशील महाबौद्ध गुम्बामा कंग्युर पाठ वाचन हुने
चितवन, फागुन ४ भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम हुने भएको छ । भोलिदेखि देखि १२ गतेसम्म पाठ वाचन हुने तयारी भइरहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कंग्युर पाठ वाचन मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङका अनुसार विश्वशान्तिका लागि कंग्युर पाठ वाचन […]
पूरा पढ्नुहोस्
भरतपुर ११ मा सप्ताहव्यापी विषादी न्यूनीकरण सम्बन्धि प्लेकार्ड सहित र्याली
चितवन, फागुन ४ नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाले सप्ताहव्यापी विषादी न्यूनीकरण सम्बन्धि प्लेकार्ड सहित र्याली संचालन गरेको छ । आज भरतपुर ११ स्थित बसेनीमा रहेको श्री सिद्धिबिनायक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई विषादी मुक्त समाज निर्माण गरौं भन्ने सन्देशका साथ र्याली निकालिएको हो । उक्त र्याली […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन ४ पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई […]
पूरा पढ्नुहोस्
प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने : मन्त्री जोशी
चितवन, फागुन ३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने बताउँदै अब शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । भरतपुर १ नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै मन्त्री जोशीले यस्तो बताउनुभएको हो । उहाँले आजका बालबालिका भबिस्यका कर्णदार भएको […]
पूरा पढ्नुहोस्




